चिनिया कुटनीतिक नियोगमा आक्रमण


कराँची, (एजेन्सी)
पाकिस्तानको बन्दरगाह शहर कराँची स्थित चिनियाँ कुटनीतिक नियोगमा अज्ञात बन्दुकधारीहरूले शुक्रवार आक्रमण गर्दा कमितमा चारजना मानिसको ज्यान गएको छ। अपर मार्केट क्लिफटन क्षेत्र बाहिर स्थानिय समय अनुसार बिहान करिव साढे नौ बजे गोली चलेको आवाज सुनिएको थियो।

प्रहरीले तीनजना आक्रमणकारीलाई गोली हानेर मारेका छन्। पश्चिमी पाकिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएका पृथकतावादी लडाकुहरूले यस आक्रमणको जिम्मेवारी लिएका छन्। यसैगरी शुक्रवार ने उत्तर पश्चिमी पाकिस्तनमा भएको अर्को बम आक्रमणमा कम्तिमा पचिसजनाको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएको छ। सिया मुश्लिम बाहुल्य रहेको ओराक्जाइ जिल्ला नजिक यो आक्रमण भएको हो।

प्रहरीका अनुसार मोटर साइकलमा आएका एकजना पुरुषले भिडभाड युक्त व्यस्त सडकमा आत्मघाती विस्फोट गराएका हुन्। पाकिस्तानको अल्पमत सिया समुह माथि सुन्नी अतिवादीहरूले प्रायशः आक्रमणको तारो बनाउँदै आएका छन्। तीनजना बन्दुकधारी चिनियाँ नियोगमा प्रवेश गर्न खोज्दा गार्डहरूले चेकप्वाइन्टमा रोकेका थिए।

त्यसपछि भएके गोली हानाहानमा दुईजना प्रहरी अधिकारी पनि मारिएका छन्। यस घटना पछि सो क्षेत्रमा थप सुरक्षा फौज परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ।