हाफिजलाई कारवाही खगर्ने क्षमता छैन ः चिदम्बरम


नयाँदिल्ली (एजेन्सी)
भारतका पुर्व अर्थमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता पी चिदम्बरमले अमेरिकाले जस्तै पाकिस्तानमा घुषपैठ गरी कारवाही गर्नु भारतका लागि सम्भव नहुने बताएका छन्। कट्टरपन्थी नेता हाफिज सइदविरुद्ध कारवाही गर्नु पर्ने विषयमा उनको यो भनाइ आएको हो।

हाफिज सइदलाई कारवाही गर्न भारतले पनि त्यसतै निति लिनु पर्ने विषयमा राजनितिक तथा बुद्धिजिवीबृत्तमा चर्चा हुने गरेको छ। यद्यपी कांग्रेसका नेता चिदम्बरमले मुम्बइ हमलाका अभियुक्त हाफिज सइदलाई निसाना बनाउने क्षमता भारतसँग कहिले पनि नभएको बताए।

भारतका सैन्यु प्रमुख जनरल विपिन रावतले मुम्बइ हमलाका दोषिहरूलाई समाप्त पार्नका लागि भारतसँग पनि अमेरिकाले ओसामालाई गरेको कारवाही जस्तै गर्ने क्षमता रहेको बयान दिएको केही घण्टा नवित्दै चिदम्बरमको उक्त भनाइ आएको हो। चिदम्बरमको यस बयानले अर्को बर्ष आम चुनावको तयारीमा जुटेको कांग्रेस पार्टीका लागि अप्ठ्यारो पार्न सक्ने अनुमान गरिएको छ।