सोल, (एजेन्सी)
दक्षिण कोरियाकी पुर्व प्रथम महिलाको भेषधारण गरी एक नेतावाट करिब ४ लाख अमेरिकी डलर ठगी गरेको आसंकामा शुक्रबार एक महिलालाई गिरफ्तार गरिएको छ।
दक्षिण कोरियाका दिवंगत राष्टपति रोह मु ह्युनकी विधवा क्योन यांग सुक भएको दावी गर्ने ती ठग महिलाले ग्वांगझुका तात्कालिन मेयरसँग आफनी छोरीलाई पैसाको आवश्यक भएको बताउँदै करिब ४ लाख अमेरिकी डलर लिएकी थिइन्। उनले उक्त पैसा चाँदै नै फिर्ता गर्ने पनि प्रतिबद्धता गरेकी थिइन्।
त्यतिबेला डेमोक्र्याटिक पार्टीका सदस्य रहेका युन जांग ह्युन दक्षिणी सहरका नेताका रूपमा आफनो दोश्रो कार्यकालका लागि पार्टी तर्फबाट नामांकन गर्न माग गरिरहेका थिए। दक्षिण कोरियाली राजनितिमा भ्रष्टाचारको आरोप सामान्य कुरा हो। देशका अतिम दुई राष्ट्रपतिले पनि भ्रष्टाचारको आरोपमा सयायँ पाइसकेका छन्।
डिसेम्बरमा ग्वांगझुमा ती कथित बहुरूपी महिलाले करिब १० प्रमुख हस्तीसँग सम्पर्क गरेको योन्हप समाचार एजेन्सीले जनाएको छ। तर युन ही एक मात्र ब्यक्ती जसले उनलाई पैसा दिन राजी भएका थिए।











प्रतिक्रिया