पूर्वप्रधानन्यायाधीश गिरीको निधन

0
Shares

काठमाडौं, (नेस)
पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ।

७५ वर्षीय गिरीको शुक्रबार निधन भएको हो। २०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गरेका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो।
गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गरेको छ। साथै, आइतबार देशभरका अदालत तथा न्यायाधिकरणहरू शोक बिदाका रूपमा बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतले जनाएको छ।

नेपालको संवैधानिक इतिहासमा पहिलोपटक संसदीय सुनुवाइ पार गरेर प्रधानन्यायाधीश भएका केदारप्रसाद गिरीको आइतबार हृदयाघातका कारण निधन भएको बताइएको छ।