कर्णालीकै प्रसिद्ध डिग्रे शाइकुमारीमा बाह्र सय बोकाको बली

0
Shares

धनवीर दाहाल, रुकुम ।
कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रे शाईकुमारी मन्दीरमा १२ सय बोकाको बली दिइएको मन्दीर व्यवस्थापन समितीले जनाएको छ । हरिबोधनी एकादशी देखी पुर्णिमा सम्म बिशेष पुजापाठ गरिने कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रेशाईकुमारी भगवती मन्दीरमा पुर्णिमा मेला सम्पन्न भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अबस्थित मन्दिरमा छिमेकी जिल्ला रुकुम पुर्व, सल्यान तथा दांङ ,सुर्खेत जाजरकोट, म्याग्दी बाग्लुङ रोल्पा, डोल्पा समेतबाट पुजाआराधना तथा मेलामा प्रसादीको रुपमा टिका लगाउन आउने गर्दछन ।

खेतीपातीको काम सकिएकोले पनि दर्शन गर्नेको भिड यस बर्ष झनै बृद्धि भएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । ६ सय बर्ष पहिलेबाट यहाँ पुजापाठ गर्न सुरु गरिएको भएपनि २०३६ सालबाट विशेष गरेर ठुलो संख्यामा श्रद्धालुहरु आउने गरेका छन् ।

मनले चिताएको पाउने विश्वासका साथै यहाँ पुजापाठ गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन चाहेको पुरा हुने बिश्वासका साथ आफुहरु यो मन्दीर पुगेको रुकुम बाहिरका जिल्लाबाट आएका दर्शनार्थीको भनाई छ ।

मन्दिरमा यसवर्ष एकहजार दुईसय ५५ बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितिका सदस्य केदार शर्माले जानकारी दिनुभयो । मन्दिरसम्म सवारी साधनको सहज पहुँच भएपछि भक्तजनहरु यसवर्ष बढेको उहाँले बताउनुभयो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ थर्पुमा अवस्थित मन्दिरमा सल्यान, दाङ, सुर्खेत, जाजरकोट, रोल्पा लगायतका जिल्लाबाट पुजा आराधना तथा दर्शन गर्न आउने गर्दछन् । विशेष गरी धनवरदान, अन्नबरदान र पुत्रबरदान प्राप्ति हुने विश्वासका साथ आफुहरु यो मन्दिर सम्म पुग्ने गरेको दर्शनार्थीहरुको भनाई छ ।

एकादशीदेखि चतुर्दशीसम्म पुजापाठ र बोका बलि दिएपछि पूर्णिमाको दिन लाग्ने मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकी, परम्परागत नाच, सामूहिक लोकनृत्य, पञ्चेबाजा, मयुर नाच, लोकबाजा र भजनले मेलाका दर्शकहरुलाई मनोरञ्जन दिने गर्दछन् ।

मेलामा यसबर्ष मदिरा, जुवातास र राँगा, बंगुर, कुखुराको मासुको प्रयोगमा पूर्णरुपमा रोक लगाइएको थियो ।

यहाँ डिग्रे शाईकुमारी भगवती देवी, सत्यनारायण, खप्तड बाबा, शिवजी लगायतको पूजा गर्ने गरिन्छ । मेलामा बिशेष गरी सगाल मेला पस्दा निकै रमाइलोका साथ हेर्न गरिन्छ ।