डोटीमा घरैमा नागरिक्ता बितरणको अभियान सुरु

0
Shares

विमल बिष्ट, डोटी ।
जिल्ला प्रशासन कार्यालय डोटीले गाउपालिकामै पुगेर नागरिक्ता बितरणको अभियान अर्थात एकिकृत घुम्ति सिबिर सुरु गरेको छ ।

नागरिक्ता नपाएर कसैलाई पनि समस्या नहोस भन्ने उदेश्यका साथ डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीको नेतृत्वमा नागरिक्ता बिरण गर्न गएको टोलीले आज शुक्रबार देखी डोटीको बिकट गाउपालिकाका रुपमा चिनिदै आएको बोगटान गाउपालिका बाट आफनो अभियान सुरु गरेको हो ।

उक्त टोलीले सो गाउपालिमा शुक्रबार र शनिबार गरी दुई दिन गाउका बृद्ध बृद्धा लगायत अन्य नागरिक्ता नपाएकाहरुलाई नागरीक्ता प्रमाणपत्र बितरण गर्ने कार्यक्रम तय भएको सो गाउपालिकाका अध्यक्ष कममल गड्सिलाले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले आफनो गाउपालिकामै आएर नागरीक्ताको प्रमाणपत्र बितरण गर्न थालेपछि स्थानियबासीहरु निकै खुसि भएका छन् । सो गाउपालिका बाट नागरीक्ता प्रमाणपत्र लिन जिल्ला प्रशासन जान करिब दुई दिन जति लाग्ने गरेको सिमिचौरका स्थानियबासी दिपक बुढाले बताउनु भयो । उहाँले भन्नु भयो ‘नागरिक्ता लिन जिल्ला जादाँ दुई दिन लाग्छ भनेको बेला बन्दैन अहिले घरैमा आएर नागरिक्ता दिन थाले हामी खुसि छौ ।’

यो अभियान जिल्लाका सबै गाउपालिकामा चलाईने प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भयो । उक्त घुम्ति सिबिरमा नागरिक्ता लिनेहरुको घुईचो लाग्ने गरेको स्थानियबासी बताउछन् । उक्त सिबिरमा सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल,जिल्ला प्रहरी कार्यालय डोटीका प्रबक्ता तथा डिएसपी लालबहादुर धामी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत गोबिन्द पाण्डे लगायतका जिल्ला प्रशासन कार्यालयका कर्मचारीको सहभागिता रहेको छ ।