मन्त्री बस्तेनसँग राजदूत युको विदाई भेट

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि चिनियाँ राजदूत यु होङले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग विदाई भेट गर्नु भएको छ । शुक्रवार मन्त्रालयमा भएको भेटमा भेटमा मन्त्री बस्नेतले चीन नेपालको छिमेकी मात्र नभई असल साथी भएको बताउनुभयो ।

नेकपाको सरकार बनेपछि नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको बताउँदै उहाँले भन्नुभयो–‘नेपालमा दुई तिहाइको कम्युनिष्ट सरकार बनेपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको छ, ‘चीन नेपालको छिमेकी मात्र होइन, असल साथी पनि हो ।’ नेपालमा चिनियाँ लगानी आउने क्रम बढेकामा सन्तोष व्यक्त गर्दै उहाँले लगानी मैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै राजदूत यूले पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६ सय ३५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै चिनियाँ लगानीमा निर्माणधीन विकास आयोजनाका काममा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गत वर्ष सम्पन्न तीन वटै तहको निर्वाचन पश्चात नेपाल स्थायित्व र विकासको मार्गमा अघि बढेकोमा उहाँले नेपालको प्रशंसा गर्नु भएको थियो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयन पनि सुरु भएको उहाँको भनाई थियो ।