यमलाल भुसाल, बुटवल आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा शुक्रवार दिनभर विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गरेका छन ।
आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानार्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्न बाध्य हुनु परेको बताएका छन ।
अनिश्चित शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले शिक्षकका माग पुरा नभए मंसिर २१ गते देखि अनिश्चित कालिन आन्दोलन गने बताउनु भयो ।उहाँले १४ गते काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने र तवसम्म पनि माग पुरा नभए २१ गते देखि अन्श्चित कालिन आन्दोलन गरिने चेतावनी दिनु भयो ।
शिक्षक महासंघले विभिन्न २६ सुत्रिय माग राख्दै पटक पटक सरकारको ध्यानार्कषण गराउदै आएको छ ।महासंघ तेश्रँे चरणको आन्दोलनमा रहेको छ ।
शुक्रवार विहानै देखि प्रदेशका ५ हजार शिक्षक—कर्मचारी सडकमा उत्रेर बुटवलमा प्रर्दशन गरेका छन भने प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय घेराउ समेत गरेका छन ।
महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्दगर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाइ आग्रह गरे वमोजिम जिल्लाका विद्यालय बन्द छन ।
महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग समेत राखेको छन ।
तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग रहेका छन ।











प्रतिक्रिया