सिर्जना पन्त, बागलुङ ।
जिल्लाको तमानखोला गाउँपालिकाले गाउँपालिका सबै विद्यालयमा जंक फूड निषेध गरेको छ । प्याकेजिङ गरिएका तयारी खानाले विद्यार्थीहरुको स्वास्थ्यलाई असर पु¥याउने भन्दै गाउँपालिका अन्तरर्गतका सामुदायिक विद्यालय क्षेत्र भित्र जंक फूड खान निषेध गरिएको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताउँनुभयो ।
गाउँकार्यापालिकाको निर्णय अनुसार गत असारबाट सामुदायिक विद्यालय क्षेत्र भित्र जंक फूड निषेध अभियान शुरु गरिएको हो । बालवालिकाहरुको लागि जंक फुड मन्द विष भएको यस्ता खानेकुराहरुले बालवालिकाको शारिरिक, मानसिक वृद्धि विकासमा समेत असर पु¥याउने कुरा विद्यार्थी र अभिभावकलाई जानकारी गराउँदैं गाउँपालिकाका माध्यामिक, आधारभूत तथा प्राथमिक गरी २१ सामुदायिक विद्यालय विद्यालयहरुमा जंक फुड निषेध गरिएको बुढाले बताउँनुभयो ।
‘शुरुमा सामुदायिक विद्यालयमा मात्र जंक फूड निषेध गरेका छौ’ गाउँपालिका अध्यक्ष जोकलाल वुढाले भन्नुभयो ‘विस्तारै गाउँपालिका भरीनै प्रतिवन्ध लगाउने योजनामा छौं ।’ नियमको पालना गर्दै नगर्ने विद्यालयलाई कार्वाही स्वरुप गाउँपालिकाले प्रदान गरिने अनुदानका कार्यक्रम उपलव्ध नगराउने उहाँको भनाई छ ।
‘हामिले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुमा चाउचाउ, विष्कुट, मिठाइ लगाएतका प्याकेजिङ जन्य वस्तुहरु उपभोग गर्न निषेध गरेका छौं’ तनमाखोला गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचनले भन्नुभयो ‘निषेध गरेका जंग फूड विद्यालय परिसरमा उपभोग गरेको पाइएमा सम्बन्धीत विद्यालयलाई कार्वाही समेत गर्दछौं ।’
गाउँपालिकाले पटक–पटक विद्यालयमा अनुगमन समेत गर्दै आएको छ । अनुगमनका क्रममा विद्यालय भित्र जंक फूड खाएको पाइएमा पहिलो पटक रु.१०० जरिवाना लिने र सचेत गराउने गरिएको छ । विद्यालयले अभिभावकलाई जंक फूडको ठाउँमा घरमै तयार गरिएको खाजा आफ्ना बालवालिकाहरुलाई खुवाउन तथा पठाउँन आग्रह गरेको बुद्ध प्राथमिक विद्यालयका प्रधानध्यापक नन्द प्रसाद घर्तीले बताउनुभयो । जंक फूड निषेध गरेपछि विद्यार्थीहरुले चाउचाउ, विष्कुटको सट्टामा मकैं, भट्टमास र रोटीको खाजा ल्याएर विद्यालय आउने गरेको घर्तीले बताउँनुभयो ।
घरमै उत्पादीत खाजाको प्रयोग गर्दा विद्यार्थीको स्वास्थ्यमा मात्र फाईदा नभएर विद्यालय परिसरमा प्लाष्टिक जन्य फोहोर समेत कम भएको सामुदायिक विद्यालयहरुले बताएका छन् । विद्यालयले जंक फूड निषेध गर्दा तत्कालको लागि फजुल खर्च जोगिएको छ भने दीर्घकालीन रुपमा पर्ने शारिरिक तथा मानसिक असरहरुवाट समेत जोगिएको अभिभावकहरुको भनाइ रहेको छ ।











प्रतिक्रिया