नेपाल समाचारपत्र, पोखरा ।
पोखरामा ठूलो मात्रामा लागू औषध र नगद सहित दुई जना पक्राउ परेका छन । बडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी चेक जाँच गर्ने क्रममा एक हजार एक सय ७६ थान लागुऔषध सहित नेपाली दुइ लाख ४२ हजार तीन सय ३७ रुपैयाँ, सात हजार सात सय ३० भारु सहित दुइ ओटा कार, ३ थान मोबाइल र सुन जस्तै पहेलो रङ्गको ४ तोला ८४ लालको सिक्री सहित उदय कुमार गुप्ता र उनी सङ्गै रहेकी महिला गिता भन्ने मनु गुरुङ्ग पक्राउ परेकी हुन । उनिहरुको साथबाट नर्फिन २ सय ९५ थान, डाईजापाम २ दुइ सय ९५ थान, फेनरागन २ सय ९५ थान र सोही कारको डिक्कीमा हरियो जेब्रा झोला भित्र १ सय एमएलको फेन्सडायल २४ बोटल ।
अर्को कारको अगाडी सेफमा नगद रु २ लाख ४२ हजार ३ तीन ३७ नेपाली रुपैयाँ र सात हजार सात शय ३० भारतिय रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्किका प्रमुख ओम रानाले जानकारी दिए ।
त्यस्तै कारको सेफमा बिभिन्न बैक तथा सहकारीको ४ थान चेक बुक बरामद हुनका साथै,प्रभु बैक र एन।आई।सी। एशिया बैकमा रकम जम्मा गरेको भौचर ३ थान, आई.एम.ई. रेमिट जम्मा गरेको भौचर थान १ बरामद हुनका साथै उदय कुमार गुप्ताको सवारी चालक अनुमती पत्र थान १,उक्त बा २ च ८३६३ न।को कारको बिल बुक एक थान र अर्को ग १ च ४३२७ न।को कारको बिल बुक १ थान बरामद भएको छ ।
उनले भने ‘हामिले चेक जाँच गर्दा सोही ठांऊमा पार्कीङ गरी राखेको ग १ च ४३२७ न. को कारलाई पनि तलाशीगर्दा कारको डिक्कीमा पहेलो रङको फाईबरको झोला भित्र प्लाष्ट्रिकले बेरी लुकाई राखेको अबस्थामा नर्फिन ९६ थान,डाईजापाम १०९ थान,फेनरागन ८६ थान बरामद हुनका साथै दुबै कार, दुबै कारमा रहेको लागु औषध तथा दशीका सामानहरु सहित दुबै जनालाई पक्राउ गरीएको हो’ कास्की प्रहरी प्रवक्ता रबिन्द्रमान गुरुङ्गले बताए ।
पक्राउ पछि अनुसन्धानको क्रममा पक्राउ परेका उदय कुमार गुप्ता यश अघि २०७०र७१ सालमा लागु औषध मुद्दमा पक्राउमा परी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुदां २ बर्ष कैद भुक्तान गरी रु। एक लाख रुपैया जरिबाना तिरी छुटेको समेत खुल्न आएको प्रमुख ओम रानाले बताए ।











प्रतिक्रिया