आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान समातिए

0
Shares

रोल्पा, सुनिल स्मृति गाउँपालिका-५ काभ्रे बस्ने ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरलाई आफ्नै ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्रबहादुरले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा त्रिमतालाई धारिलो हतियार बन्चरो प्रहार गर्दा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।