बालकोटमा टिपरले ठक्कर दिदाँ मगरको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
सूर्यविनायक नगरपालिका २ बालकोटमा गए राती टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।

ना.४ ख. ८१८२ नम्बरको टिपरले महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठब्रर दिदाँ २४ वर्षीय मनोज मगरलाई ठक्कर दिदाँ घट्नास्थल मै मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर र टिपर चालकलाई भगाएको प्रतक्ष्यदर्शीले आरोप लगाएका छन् ।

टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गरेपछि स्थानीय र प्रहरी बिच ढुङ्गाहानाहान हुँदा बालकोट केहीबेर तनाबग्रस्त बनेको थियो ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिककोबारेमा जानकारी नआएको बताउनुभयो ।

टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।