नेपाल समाचारपत्र, सुनसरी ।
सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागि इँटा उद्योगका सुपरभाइजर फिदा हुसेनको हत्यापछि दुहबी तनावग्रस्त बनेको छ।
हुसेनलाई बिहान करिब साढे ६ बजे दुहबी नगरपालिका ९ स्थित छाताबेलीस्थित जय बाबा इटा उघोग अगाडि बाईकमा आएका दुई जनाको समूहले गोली प्रहार गरेका थिए।
हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवम् कांग्रेस सुनसरी क्षेत्र नं। ३ का सभापति मेहेदी हुसेनका भाई हुन्।
बिहान साढे ६ बजेतिर दुवही नगरपालिका–९ मा अज्ञात समूहले गोली हान्दा एक इँटा भट्टामा सुपरभाइजर फिदा हुसेनको मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
गोली लागेर घाइते भएका हुसेनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।
गोली कसले चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया