बिद्यालय तोडफोड गर्ने २ जना पक्राउ


नुवाकोट ।
बिदुर नगरपालिका वडा नं ९ आपुटारमा रहेको सुलक्षण विद्यालय तोडफोड गरेको आरोपमा २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका वडा नं।९ आबुटारका २२ वर्षिय सुजन मग्राती र २१ वर्षिय सन्जु श्रीमाली रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

उनीहरुले बिद्यालयको ट्वाईलेट लगायत स्थानमा तोडफोठ गरेका थिए । विद्यालय हाताभित्र तोडफोड गरेको आरोमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थप गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।