विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा गत जुलाईदेखि हालसम्म १७ मानवअधिकार उल्लंघनका घटनाहरु भएका छन् । मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बल्कारका घटनाहरु भएको जनाएको छ ।
जसमा ७ बलात्कारका घटना, ३ वटा कार्यालयमा दुव्र्यवहार,घरेलु हिंसा, कर्तव्य ज्यान र बहुबिवाहका दुई दुई घटना भएका छन् । भने मानवबेचविखनको १ घटना भएको छ ।
यस्तै घरेलु हिंसाका थप ५० वटा ठाडो उजुरी परेको (इन्सेक) बैतडीका प्रतिनिधी नरी बडूले जानकारी दिए ।
इन्सेक बैतडी र राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको सिमा क्षेत्रका मानव अधिकारका सवाल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वर्षिक समिक्षा कार्यक्रममा उक्त कुरा सार्वजनिक गरिएको थियो ।
यसैबिच सीमाक्षेत्रमा दैनिक ज्यालादारी गरिरहेका श्रमिकले पनि पारिश्रमिक नपाएको तथा अपहेलित हुनुपरेको बताईएको छ ।
स्वास्थ्य समस्या, वेरोजगारी, जातीय तथा लैङ्गिक विभेद, सरकारी सेवा प्रवाह लगायतका क्षेत्रमा पनि समस्या देखा परेको इन्सेकले जनाएको छ ।
इन्सेक बैतडीले सबैभन्दा बढी आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका कुरालाई बिषेश प्राथमिकता दिएको छ ।
आर्थिक ,सामाजिक अधिकारलाई वर्ष पुस्तकमा महत्व दिनुपर्छ ः आयोग सदस्य पौडेल
आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका घटनाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्मा पौडेलको भनाई छ । इन्सेक बैतडी र राष्ट्रिय मानव अधिकार आयोगले बिहीवार आयोजना गरेको सिमा क्षेत्रका मानव अधिकारका सवाल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वर्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
“मानव अधिकारका क्षेत्रमा विगत देखिनै काम गर्दै आइरहेको इन्सेकले स्वास्थ्य समस्या, वेरोजगारी, जातीय तथा लैङ्गिक विभेद, सरकारी सेवा प्रवाह लगायतका सवालहरुलाई मुख्य प्राथमिकता दिनुपर्छ ।” उहाले भने । विगतमा पनि धेरै ठाउँमा मानव अधिकार वर्ष पुस्तकको सार्वजनीकिकरण कार्यक्रममा मैले यस्तै सुझाव दिने गरेको उहाँले बताए ।
“यसपाली इन्सेक बैतडीले पहिलो प्रतिवेदन पानामा सामाजिक अधिकारलाई महत्व दिएको देख्दा खुसी लाग्यो तर यसरीनै वर्ष पुस्तक निक्लदा खेरी पनि महत्व दिईयोस ।” उनले भने ।
सोहि कार्यक्रममा बोल्दै आयोगका अर्का सदस्य मोहना अन्सारीले जिल्लामा देखिएको वैतानिक वकीलको समस्यालाई समाधान गर्न जिल्ला अदालतलाई सुझाव दिएका छन् ।
कार्यक्रममा उपस्थित अन्य सरोकारवालाहरुले पनि मानव अधिकार वर्ष पुस्तकले प्रहरीमा आउने घटना भन्दा पनि अन्य अधिकार उलंघटना घटनालाई सुक्ष्म ढंगले अनुगमन गर्दै प्रकाशन गर्नुपर्ने सुझा व्यक्त गरे । मानव अधिकारको संरक्षणमा इन्सेकले खेलेको भुमिकाको प्रसंसा गर्दै अन्र्तपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले इन्सेकले गाउँमा लुकेका घटनाहरुलाई पनि बाहिर ल्याउनमा सहयोग गर्नुपर्ने बताए ।
नेपाल मानव अधिकार वर्ष पुस्तकको समिक्षा कार्यक्रममा भारतीय सिमा क्षेत्रको मानव अधिकार अवस्था अनुगमनका लागि बैतडी आएका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, सदस्य गोबिन्द शर्मा पौडेल लगायत केन्द्रको टोली र आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख झंकर रावलको समेत उपस्थिति रहेको थियो ।











प्रतिक्रिया