विनोद सिंह विष्ट, बैतडी ।
गोकुलेश्वरमा शनिवारदेखि प्रथम जय नेपाल टी ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । “राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मूल नाराका साथ अपी सिर्जनशिल युवा क्लवको आयोजनामा क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार १११, द्वितीय पुरस्कार ६१ हजार १११ कप मेडल र प्रमाणपत्र रहेको छ । यस्तै प्रतियागितामा उत्कृष्ट खेलाडी एक जनालाई म्यान अफ द सिरीज स्वरुप ५ हजार ५५५ पुरस्कार दिइने आयोजक अपी सिर्जनशिल युवा क्लवका कोषाध्यक्ष रुपेश विष्टले जानकारी दिए ।
गोकुलेश्वर खेलमैदानमा शनिवार एक भव्य कार्यक्रमका साथ प्रतियोगिताको उद्घाटन हुने भएको छ । उक्त प्रतियोगिताको प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने जनाईएको छ ।
प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीको क्षमता अभिवृद्धि हुनुका साथै क्रिकेटको विकास हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया