नेपाल समाचारपत्र, काठमाडौं ।
गृह मन्त्रालयभित्र गृहमन्त्रीको कार्यकक्ष नजिकै एसी पड्कीँदा हंगामा भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा.राईको कार्यकक्षमा आगलागी भएको हो ।
बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको उनका सल्लाहकार डा.ईन्द्रजित राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’
आगोलागीबाट कोठामा रहेका केही सामाग्री जलेर नष्ट भएको जनाइएको छ ।











प्रतिक्रिया