तीन कम्पनीको बोनस र हकप्रद सूचीकृत


काठमाडौं, (नेस) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार विभिन्न तीन वटा कम्पनीको १ करोड ३३ लाख १ हजार २२१ दशमलव ६३ कित्ता शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमध्ये सेन्ट्रल फाइनान्सको हकप्रद शेयर रहेको छ । त्यस्तै एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस शेयर रहेको छ ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्सको २ करोड १६ लाख ५ सय कित्ता हकप्रद शेयर, एनएमबी बैंकको १ करोड १४ लाख ४ हजार ९३५ दशमलव ९५ कित्ता बोनस शेयर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १६ लाख ७९ हजार ७८५ दशमलव ६८ कित्ता बोनस शेयर गरी कुल १ करोड ३३ लाख १ हजार २२१ दशमलव ६३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन् ।

त्यस्तै बुधबार नेप्से शून्य दशमलव ९८ अंकले बढेर १ हजार २ सय ८ दशमलव ५६ को बिन्दूमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ४४ कम्पनीको ७ लाख ८५ हजार ९९३ कित्ता शेयर खरिद बिक्री हु“दा १७ करोड ८३ लाख ८० हजार ९३७ रुपिया“को कारोबार भएको छ ।

यस दिन पनि सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । बुधबार प्रभु बैंकको ३ करोड ८ लाख २० हजार रुपिया“को शेयर कारोबार भएको छ ।त्यस्तै यस दिन धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्स, समाता माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी फन्ड, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । ती कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

साथै धेरै माउनेमा एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको शेयर मूल्यमा ४५ दशमलव ३३ प्रतिशतले घटेको छ । यस दिन बैंकिङ समूह, विकास बैंक र निर्जीवन बीमा समूह बढेका छन् भने बा“की सबै समूह घटेका छन्

बुधबार ‘क‘वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव १७ अंकले बढेर २ सय ५७ दशमलव शून्य ६ अंकमा पुगेर बन्द भएको छ ।