सञ्चयकर्ताको स्वास्थ्य बीमा


काठमाडौं, (नेस) । कर्मचारी सञ्चय कोषले सबै सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमाका निम्ति कोष र राष्ट्रिय बीमा कम्पनीस“ग बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका प्रमुख तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख बीरबिक्रम रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।

तीन वर्षका लागि गरिएको सम्झौता माघ १ गतेदेखि लागू हुने छ । यसमा सञ्चयकर्ताले मूल्य अभिवृद्धि कर बाहेक ४२० रुपिया“ प्रिमियम बुझाउनुपर्नेछ।
कोषले कडा रोगको लागि १० लाख रुपिया“ र सामान्य उपचारको लागि एक लाखको स्वास्थ्य बीमा गरेको हो । जसबाट ६ लाख सञ्चयकर्ता लाभान्वित हुने कोषको भनाइ छ । कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमाको लागि वार्षिक ३० करोड खर्च गर्ने भएको छ ।