सडक दुर्घटनामा परी नेमकिपा केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु


काठमाडौ । बाँकेको कोहलपुरमा सवारी दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत् रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिएको थियो।कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ।

भे१च १६७२ नम्बरको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । भ्यानचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।