भारतको सीमा मेची नदीमा दुवै देशका नागरिकले छठ पर्व मनाए



नेपाल समाचारपत्र, भद्रपुर ।
उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर झापाको भद्रपुर स्थित मेची नदीमा छठ पर्व मनाइएको छ । नेपाल भारतको सीमावर्ती नाकामा पर्ने मेची नदीमा दुवै देशका ब्रतालु परिवारले सामूहिक रुपमा हर्सोउल्लासका साथ छठ पर्व मनाएका हुन् ।

जनकपुर पछि भद्रपुरको मेची नदीमा यस बर्षपनि व्रतालु तथा भक्तजनहरुको घुईचो लागेको थियो । नदी वारीपारी गरी करिब ५ हजार पूजा स्थलमा ब्रतालुहरुले पानीमा ओर्लिएर विभिन्न प्रकारका परिकार चढाएर उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएका थिए ।

नदीमा झापा जिल्ला मात्र नभएर नेपाल तथा भारतका विभिन्न जिल्लाबाट ५० हजार बढी भक्तजनहरुको उपस्थिती रहेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए ।
मेचीनदीसँगै निन्दा, विरीङ्, कनकाई, हडिया, देउनिया, अदुवा, रतुवा खोला तथा पोखरिमा पूजा गरी पर्व मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्