भुकम्पको धक्का महसुस


किरन धामी, दार्चुला । सुदुरपश्चिम प्रदेशको दार्चुलामा ठुलै भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्प मापन केन्द्र काठमाण्डौँका प्राविधिक चिन्तन तिमिल्सिनाका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा दार्चुला जिल्ला सदरमुकामबाट १६ किलोमिटर उत्तर भारतको खेला भन्ने स्थानमा केन्द्र विन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्पको धक्का महसुस गरिए पनि कुनै प्रकारको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भुकम्पले केन्द्र विन्दु बनाएको भारतको खेला भन्ने स्थान दार्चुलाको ब्याँस गाउँपालिकाबाट ३ किलोमिटर उत्तरमा पर्ने प्राविधिक तिमिल्सिनाले जानकारी दिए । दार्चुला जिल्ला सदरमुकाममा भुकम्पको धक्का ठुलै महसुस गरिएको छ । भुकम्पको धक्का महसुस हुने वित्तिकै मानिसहरु घर बाहिर निस्केका थिए ।