उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीको खिल्ली उडाए


काठमाडौं ।
उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा  विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।

भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले  भनेका छन् ‘यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।’
प्रधानमन्त्रीले केही वर्षभित्रै रेल ल्याइने बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा यससम्बन्धि सम्झौता समेत भइसकेको छ । भारतसँग त काम नै अघि बढीसकेको छ ।

तर, उपप्रधानमन्त्रीले यो योजनाको खिल्ली उडाएकोमा प्रधानमन्त्री निकट व्यक्तिरु आश्चर्यमा परेका छन् ।
अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा  ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन्।

भारतसँग के अपेक्षा छन् ? भन्ने प्रश्नको जवाफमा यादवले भारत विकास र समृद्धिको सहयात्री बन्नु पर्ने बताएका छन्। भारत नेपालको नजिकको छिकेकी भएको बताउँदै जीवन र भविष्य सँगसँगै भएको बताएका छन्। हाइड्रो, सिंचाइ जस्ता विषयमा सहकार्यको गति बढाउनु पर्ने  बताएका छन् ।