पर्यटन विकास आयोजना स्थापना


काठमाडाैं । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ ।

आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र कार्यरत छ ।

नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको पहिचान गर्ने उद्देश्यले स्थापित उक्त आयोजनाका लागि सङ्घीय सरकारबाट रु १० करोड अनुदान तथा प्रदेश सरकारबाट रु ९१ करोड गरी कूल रु एक अर्ब एक करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकाय नभएकाले यस सम्बन्धी सम्पूर्ण काम हेर्ने गरी प्रदेश नं. ३ सरकारले सो आयोजना स्थापना गरिएको हो । आयोजनाले सङ्घीय सरकारअन्तर्गतका पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभागलगायतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।