क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : १२ जनाको मृत्यु


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १२ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

बिहीबार भएको आक्रमण गर्ने ब्यक्ति २८ वर्षीय पूर्वसैनिक इयान डेभिड लङ हुन् । आक्रमण गर्ने संदिग्ध व्यक्ति पूर्व अमेरिकी सैनिक भएको खुलेको छ । आक्रमणकारीले आफैँलाई पनि गोली हानेका थिए ।

झण्डै २०० जना मानिस रहेको बारमा अन्धाधुन्ध गोली चलाएका डेभिडले अटोमेटिक ह्याण्डगन प्रयोग गरेका थिए । उनीसँग अतिरिक्त म्यागजिन पनि थियो, जुन राख्नु गैरकानुनी हो ।