नेपाल आमाको सर्वाधिक ठुलो मूर्ति बनाउन मेयर विष्टले १ करोड सहयोग गर्ने


मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले महाकाली शारदापिट भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन एक करोड सहयोग गर्ने भएका भएका छन् । नेपाल आमाको मूर्ति निर्माण समितिले सोमबार भम्केनी धाममा आयोजना गरेको बृहत छलफल कार्यक्रममा मेयर विष्टले आगामी नगर सभामा एक करोडको सहयोगको लगिने बताए ।

‘नेपाल आमाको मूर्ति निर्माण जस्तो महत्वपूर्ण कार्य हुँदैन, त्यसका लागि भीमदत्त नगरपालिका सक्दो सहयोग गर्न प्रतिवद्ध छ, आगामी नगर सभामा एक करोडको सहयोगका लागि प्रस्ताव लैजान्छु’ मेयर विष्टले भने । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, सुदूरपश्चिम प्रदेशका साँसद, राजनीतिक दलका नेता सहभागी भएका छन् । भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

जगद्गुरुले देशभर भ्मण गरी मूर्ति बनाउन चाहिने धातु संकलन गरेका छ्न् । भीमदत्त नगरपालिका वडा नं. ८ मा पर्ने भम्केनी धाममा चार महिनासम्म जगद्गुरुले तपस्या गरेपछि यो क्षेत्र धामका रुपमा विकास भएको हो । भीमदत्तका मेयर विष्टले नेपाल आमाको मूर्ति बनाउने कार्य गर्वको कुार भएकाले स्थानीय सरकारले प्रदेश र संघीय सरकारसित पहल गरिने बताए ।