परमाणु कार्यक्रम पुन थाल्ने उत्तर कोरियाको चेतावनी


सोल (एजेन्सी)
उत्तर कोरियाले यदि अमेरिकाले आफुमाथिको आर्थिक नाकाबन्दी नहटाउने हो भने परमाणु हतियार मजबुत पार्ने राज्य नितिलाई पुन प्रयोगमा ल्याउने चेतावनी दिएको छ ।

विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा यदि अमेरिकाले आफनो अडानमा परिवर्तन नगर्ने हो भने उत्तर कोरियाले उसको परमाणु बल र आर्थिक विकासलाइ सँगसँगै लग्ने आफनो ‘प्योङजिन‘ नितिलाई फर्काउन सक्ने उल्लेख गरेको छ । वासिङटनसँगको जारी परमाणु वार्ता परित्याग गर्ने चेतावनी दिने काम उत्तर कोरियाले कम गरिसकेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उन र राष्टपति डोनाल्ड ट्रम्पले गत जुनमा उनीहरुबीचको सिंगापुर शिखर वार्तामा गरेका प्रतिबद्धताबाट वासिङटन फुत्किन खोजिरहेको प्योङयाङले आरोप लगाएको छ । दुई नेताबीच कोरियाली प्रायद्विपलाई परमाणु मुक्त गर्ने दिशामा कार्य गर्ने सहमति भएको थियो । गत अप्रिलमा किमले नयाँ राज्य नितिको संकेत दिएदेखि हतियार परिक्षण तथा अन्य विकासका गतिविधि अगाडी बढाउने कार्यक्रम पुन सुरु गर्न सक्ने उत्तर कोरियाको यो पहिलो चेतावनी हो ।

यसबीच फक्स न्यज सिन हानिटीलाई शुक्रबार दिएको एक अन्तरवार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अर्को हप्ता आफना उत्तर कोरियाली समकक्षी, वरिष्ठ उत्तर कोरियाली अधिकारी भन्ने गरिएका किम योङ चोलसँग वार्ता गर्ने योजना रहेको बताएका थिए । पोम्पियोले वार्ताको स्थान र तिथिका विषयमा भने प्रष्ट पारेको थिएन । उक्त वार्ता परमाणु निसस्त्रिकरण गर्ने दिशामा थप प्रभावकारी कदम चाल्न उनका नेताहरुबीचको दास्रो शिखर बैठक तय गराउने विषयमा भएको बताइएको छ ।