पुष्प मेलामा ५० लाखको कारोबार


काठमाडौं, (नेस)

१२अँैं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपियाँको फँल बिक्री भएको छ ।

प्रदेश नम्बर ३काे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरेको हो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपियाँबाराबरको कारोबार हुने अपेक्ष गरिए पनि तेस्रो दिनसम्ममा नै ५० लाख बढीको कारोबार भएको एसोसिएसनका दाबी छ । अब आइतबारसमेत गर्दा ६२ लाख बढीको कारोबार हुने आँकलन एसोसिएसनले गरेको छ । प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जातका फँलका ४८ वटा कक्ष समावेश छन् । मेला आइतबार सकिँदैछ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फँलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर फँल गोदावरी सजाअँंै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फँलहरू बढी बिक्री भएका छन् ।

सन् २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फँल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।