एनसेलको ‘रिचार्ज एन्ड विन’ अफरका नयाँ विजेतालाई पुरस्कार


काठमाडौं, (नेस)

एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत बिहीबार आठौं हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
प्रत्येक हप्ता १० जना ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो ।
भदौ १७ गतेबाट शुरु भएको यस अफरअन्तर्गत आठौं हप्ताका विजेता कार्तिक १३ गते लाइभ ड्र कार्यक्रममार्फत छानिएका हुन् ।

एनसेलले आठौं हप्ताका विजेतामध्येका चार जनालाई बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले जनही एक लाख नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

आठौं हप्ताका छानिएका १० विजयी मध्ये दुई जना योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा दुई नयाँ भाग्यशाली विजेता ग्राहकको छनोट नवौं हप्तामा लाइभ ड्र मार्फत नै हुने एनसेलले बताएको छ ।

यस अफरअन्तर्गत आठौं हप्तासम्ममा ७८ जना विजेताले जनही एक लाख जित्न सफल भएका छन् । यीमध्ये ५० जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी २८ विजयीलाई आवश्यक प्रक्रिया समापन भएलगतै काठमाडौंलगायत उपत्यका बाहिरस्थित एनसेल सेन्टर बाट नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।