पहिलोपटक मौरीको बीमा


सलिम अन्सारी, प्यूठान
मुलुकमै पहिलोपटक प्युठानका किसानले मौरीको बीमा शुरु गरेका छन् । आइएमई जनरल इन्स्योेरेन्स कम्पनीसँगको सहकार्यमा मौरीको बीमा कार्यक्रम शुरु भएको हो।

कृषक मौरीपालनतर्फ आकर्षित भए पनि यसमा जोखिम बढी भएकाले व्यावसायिक रुप दिन समस्या भइरहेका बेला जिल्लाबाट बीमा कार्यक्रम शुरु भएपछि कृषक खुशी भएका छन्।

प्यँठान नगरपालिका– ७ का डिमराज पोख्रेलले पाल्दै आएका मौरीका घारको बीमा गर्दै मुलुकमै पहिलोपटक मौरीको बीमा कार्यक्रमको शुरू गरिएको छ।

‘लामो समयको छलफल र कृषकको मागलाई ध्यानमा राख्दै बीमा गर्ने कार्य शुरू भएको हो ।’ पोख्रेल मौरी पालन तथा मह उत्पादन केन्द्र का डिमराज पोख्रेलले बताउनुभयो ।

पोख्रेलले शिक्षकबाट अवकाश लिएर मौरी पालन व्यवसायमा संलग्न हुनु भएको छ।
विभिन्न समयमा हुने दुर्घटना तथा रोगलगायतका कारणबाट मौरीपालक कृषकहरु पलायन हुनुपर्ने स्थितिको अन्त्यका लागि बीमा कार्यक्रम सञ्चालनमा आएको नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।
सहकारीमा देशभरका ६ हजार २ सय मौरीपालक किसान आबद्ध भएर मौरीपालनमा रहेका समस्यालाई समाधान गर्न सामँहिक पहल गरिरहेको पोखरेलले बताउनुभयो ।

‘संघकै अगुवाइमा चरन क्षेत्रको पहिचान गरेर तराईका मौरी प्युठान ल्याएका छांै,’ उहाँले भन्नुभयो–‘प्युठानमा यो समयमा मौरी चर्ने उपयुक्त वातावरण रहेकाले मह उत्पादन राम्रो भइरहेको छ ।’ सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत रकम व्यहोर्ने गरी बीमा कार्यक्रम शुरु गरिएको पोख्रेलको भनाइ छ।

आगलागी, भँकम्प, बाढी पहिरो, आँधी, वर्षा, असिना, सडक दुर्घटना, विषादीको प्रयोगले मौरीमा पर्ने नोक्सानीले व्यवसायी धराशयी हुन नपरोस् भनेर प्रतिव्यवसायी ५ लाख रुपियाँ बराबरको बीमा गरिने उनले बताए।
एक जना व्यवसायीले प्रतिघार बास्तविक खरिद मँल्य, व्यवस्थापन खर्च र प्रतिगोला मँल्यको आधारमा बीमा गरिने छ। बीमा गर्ने व्यवसायीको एक घारमा कम्तिमा ५ फ्रेम मौरी अनिवार्य हुनुपर्ने व्यवस्था छ।

सम्बन्धित स्थानीय तहको कृषि शाखामा कार्यरत मौरीविज्ञको मँल्यांकनका आधारमा किसानले भुक्तानी पाउने व्यवस्था मिलाइएको छ । बीमा गरेको मौरी घारको क्षति भएको दाबीसहित माग गर्न आए नोक्सानी भएको ९० प्रतिशतसम्म रकम भुक्तानी किसानले पाउने बताइएको छ।

परम्परागत मौरी पालन हुँदै आएको प्युठानमा अहिले आधुनिक तरिकाबाट मौरीपालन सञ्चालन हुन थालेको छ। स्थानीय रैथाने मौरीभन्दा उन्नत जातका मेलिफेरा मौरीबाट राम्रो उत्पादन लिन सकिन्छ। प्यँठान कात्तिक र मंसिर महिनाका लागि मौरी चरनको हब नै बन्दै गएको छ । प्यँठानको बिजुवार, ढुंगोगढी, जुम्रिकाँडा, माझकोट, धर्मावती, गोठीबाङ क्षेत्रमा प्रशस्त चिउरीका बोट हुने र कात्तिक र मंसिरमा फुल्ने भएकाले तराईका किसानले मौरी चराउन यो समय प्युठान रोज्ने गरेका हुन् ।