सिटी एक्स्प्रेसको पहिलो महिनाका विजेतालाई पुरकार


काठमाडौं, (नेस)
सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताले दैनिक दुई सयको मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् ।

साप्ताहिक रुपमा तीनजना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जनाले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपियाँ जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गतेदेखि मंसिर २९ गते सम्मलागँ हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सेवाग्राही सहभागी हुनेछन् ।

यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जनाविजेताले १० हजार जितिसकेकाछन्।ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो ।

हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरियाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाको रु एक लाख रुपियाँको मासिक लक्की ड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित हुनु भएको छ ।
उक्त पुरस्कार कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गर्नुभयो ।