नेपाल र कतारका उद्योगी व्यवसायीबीच सहकार्यमा जोड


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारीबीच संघको दोहास्थित मुख्यालयमा उच्चस्तरीय व्यावसायिक भेटवार्ता भएको छ । भेटवार्तामा नेपाली पक्षको नेतृत्वमा महासंघका अध्यक्ष भवानी राणा र कतारी पक्षको नेतृत्व संघका उपाध्यक्ष्ँ मोहम्मद अहमेद ट्वार अल–कवारीले गर्नु भएको थियो ।

व्यावसायिक भेटवार्तामा महासंघ र कतार उवासंघबीच सन् २००५ मा सम्पन्न सहमतिका भावनालाई मनन गरी दुवै पक्षबाट आउने दिनमा आपसी व्यापार तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रलाई उजागर गरी कृषि, पर्यटन, ऊर्जा, पँर्वाधार विकासलगायतका क्षेत्रमा कार्य गर्न संयुक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

बैठकमा महासंघका अध्यक्ष्ँ राणाले नेपाल–कतार व्यावसायिक सम्भाव्यता विषयमा प्रस्तुती दिनुहुँदै दुवै देशको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा समेत अत्यन्त महत्वपँर्ण रहेको बताउनुभयो ।

अध्यक्ष राणाले नेपालमा कतारी लगानी आकर्षणका लागि कतार उवासंघबाट सहयोगको अपेक्षासमेत नेपाली निजी क्षेत्रले गरेको बताउनुहुँदै यस कार्यमा महासंघले संघसँग नियमित सम्पर्कमा रहेर कार्य गर्ने धारणा राख्नुभयो ।

महासंघका उपाध्यक्ष ढकालले दुवै देशबीच पर्यटन, बैंक तथा वित्तीयलगायतका अन्य सम्भाव्य क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
उपाध्यक्ष ढकालले बैठकमा, कतार नेपालको प्रमुख रोजगार गन्तव्य समेत भएकाले कतारमा काम गरेर फर्केका उच्च सीप हासिल गरेका अनुभवी नेपालीलाई समेत लक्ष्य गरी नेपालमा संयुक्त लगानी ल्याउन जोड दिनुभयो ।

त्यस्त्ै कतार उवासंघका उपाध्यक्ष्ँ मोहम्मद अहमेद ट्वार अल– कवारीले नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघको संयुक्त सहयोगमा द्विपक्षीय व्यापार तथा व्यावसायिक अवसरहरू बढाउनुपर्ने धारणा राख्नुभयो । उपाध्यक्ष्ँ कवारीले व्यापार तथा लगानी विस्तारका क्षेत्रमा बढीभन्दा बढी प्रगति गर्न दुवै संस्थाहरूको प्रतिबद्धता तथा समयसमयमा व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान तथा सम्भावित क्षेत्रहरूमा संयुक्त लगानीको शुरूवात गर्नुपर्नेमा जोड दिनुभयो ।