थपिए सयवटा नयाँ पर्यटकीय गन्तव्य


नेपाल समाचारपत्र, काठमाडौं
सरकारले सय वटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि भन्दै सय वटा पर्यटकीय सम्भावना बोकेका पर्यटकीय गन्तव्यको छनोट गरी सार्वजनिक गरेको हो ।

सरकारले बजेटमार्फत सय पर्यटकीय गन्तव्यको विकासको लागि ५० करोड रुपियाँ विनियोजन गरेस“गै नेपाल पर्यटनले आवेदनका आह्वान गरेको थियो । सोही आवेदनका आधारमा, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएका गन्तव्यको आधारमा पर्यटकीय गन्तव्यको छनोट गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका अनुसार करिब ६ सयभन्दा बढीको पर्यटकीय गन्तव्यको आवेदन परेकामा मन्त्रालयले सरोकारवाला निकाय स्थानीय सरकारको सुझाव र मन्त्रालयले ती संभावित पर्यटकीय गन्तव्यका आधारलाई अध्ययन गरी नया“ गन्तव्य छनोट जनाएको छ ।
नेपालको पर्यटन प्रवद्र्धन गर्नको लागि वर्तमान सरकारले पर्यटन क्षेत्र विकासको लागि ५ अर्ब २० करोड ३४ लाख रुपिया“ विनियोजन गरेको थियो ।

आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्दै सरकारले नेपालको पर्यटन क्षेत्रको विकास गर्न खोजेको हो । पहिले ‘देश अनि विदेश’ भन्ने नारासहित सरकारले आन्तरिक पर्यटकलाई प्रवद्र्धन गरिरहेको छ । सरकारले अघि सारको सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’ अभियानमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग थप टेवा पु¥याउनको लागि पनि सरकारले नया“ पर्यटकीय गन्तव्यको विकास गर्न लागि परेको मन्त्रालयले जनाएको छ।

विभागीय मन्त्री रविन्द्र अधिकारीले सन् २०२५ सम्म कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउनु पर्ने बताउ“दै आएका छन् । सरकारले सोही बमोजिम पर्यटक क्षेत्रको विकासमा होमिएको छ ।

गुणस्तरीय पर्यटक भित्र्याउन पर्यटन सेवाको विविधीकरण गरिने सरकारको आगामी योजना रहेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा नेपालको मौसममा मात्र सीमित रहेको हालको पर्यटनलाई वर्ष भरिने चलयमान बनाउने भनिएको छ । सरकारले बजेटमा भने नेपाल पर्यटन बोर्डबाट भारत र चीन लक्षित पर्यटक प्रवद्र्धन कार्यक्रमलाई विशेष रूपमा बढाइने नीति अनुरुप बोर्डले छिमेकी मुलुकमा प्रचारप्रसार तीव्र पारेको छ ।

बजेटमा समावेश भएको स्तरीय होटल तथा रिसोर्टहरू लगायतका पर्यटकीय सेवाको लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्नेछ। नेपाललाई माइस टुरिजम केन्द्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गर्नको लागि मन्त्रालय लागि परेको छ ।

मन्त्रालयले छनोटको लागि, गन्तव्य छनोटमा ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका ताल तलैया वा पोखरी भएको ठाउ“लाई समेत आधार मानिएको छ। चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवा सुविधाले पछाडि परेको ठाउ“लाई पनि पा“च आधारभित्र राखिएको छ।

१ नम्बर प्रदेशमा १७ वटा, २ नम्बर प्रदेशमा ९ वटा, ३ नम्बर प्रदेशमा १८, गण्डकी प्रदेशमा १८, ५ नम्बर प्रदेशमा १८ कर्णाली प्रदेशमा–११ र ७ नम्बर प्रदेशमा १० वटा नया“ पर्यटकीय गन्तव्य चयन भएका छन् ।