मध्य भोटेकोसीको तीन अर्बको शेयर आउँदै


काठमाडौं, (नेस)
नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रवद्र्धकत्वमा स्थापित मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारण शेयर निश्कासन गर्ने भएको छ ।

कम्पनीको अधिकृत पु“जी ६ अर्ब २१ करोड रहेको छ भने जारी पु“जी ६ अर्ब रहेको छ ।
यस आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हु“दाका बखत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड रहेको थियो । हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपिया“ रहेको छ ।

आयोजनाको शुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपु“जीबाट ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको थियो । ऋणका लागि कर्मचारी सञ्चयकोषसं“ग सम्झौता भएको छ । संस्थापक समूहबाट कबोल भएको शेयर रकम ३ अर्ब ६ करोड चुक्ता भइसकेको छ ।

कम्पनीको जारी पु“जीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनी (नेपाल विद्युत प्राधिकरण–१० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइ«ोपावर कम्पनी १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावर कम्पनी १ प्रतिशत, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावर १ प्रतिशत रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी १९.५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारी–३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारी–१ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीय–१० प्रतिशत र सर्वसाधारण १५ प्रतिशत) छुट्याइएको छ ।

सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमई क्यापिललाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआएल क्यापिटललाई सह–निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ

पहिलो चरणमा १ करोड ४४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । जसमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीका लागि १ करोड ९७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता निष्काशन गर्न लागिएको हो ।

शेयरको लागि यसरी आवेदन दि“ंदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् भने कर्मचारी संचय कोषका कर्मचारीले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम् १२०० कित्तासम्मको लागि शेयरमा आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाबासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गर्ने योजना रहेको छ ।