प्राधिकरणले ३ खर्बका आयोजना अगाडि बढाउँदै


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत प्राधिकरणले जनातालाई शेयर दिने गरी तीन खर्ब रुपिया“भन्दा बढी लागत भएका जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत शेयर सुनिश्चित हुने गरी १८ सय मेगावाटका आयोजना तत्काल अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । ती आयोजना निर्माणका लागि छिट्टै टेन्डर आह्वान गरिने उहा“ले जानकारी दिनुभयो ।

यस वर्ष शेयर लगानी वर्षका रुपमा मनाउने तयारी

मध्य भोटेकोसी जलविद्युत आयोजनाको शेयर निश्कासनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले यो वर्ष शेयर वर्षका रुपमा मनाउन लागिएको जानकारी दिनुभयोे ।

‘८३० मेगावाटको माथिल्लो अरुण (लागत एक खर्ब १५ अर्ब रुपिया“) दूधकोसी, तामाकोसी पा“चौलगायतका आयोजनामा लगानी हुने इक्विटीको ४९ प्रतिशतमा जनताको लगानी सुनिश्चित गरिने छ,’ घिसिङले भन्नुभयो –‘विश्व बैक, एसियाली विकास बंैक पनि यो मोडलमा लगानी गर्न तयार भएकाले उनीहरुबाट लिने ऋण सस्तो हु“दा कस्ट अफ फन्ड कम हु“दा आयोजना पनि सस्तो पर्छ ।’

माथिल्लो तामाकोसी, चिलिमेको अगुवाईमा निर्माण भइरहेका आयोजनामा एक खर्बभन्दा इक्विटी र ऋण स्वदेशी लगानीबाट भएको उल्लेख गर्दै घिसिङले यसबाट जलविद्युत् आयोजना निर्माणमा स्वदेशी लगानी जुटाउन सकिने पुष्टी भएको बताउनुभयो ।‘२२ मेगावाटको चिलिमेले २७० मेगावाटका आयोजना अगाडि बढाउन सफल भएको छ, ४५६ मेगावाटको आयोजना सम्पन्न भएपछि हजारौं मेगावाटका आयोजनामा पुनःलगानी गर्न सकिन्छ,’ उहा“ले भन्नुभयो ।