नेपाल–कतारबीच विविध विषयमा सहमति


नेपाल समाचारपत्र, काठमाडौं । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँका अमिर शेख तमिम विन हमाद अल थानीबीच मंगबार शिष्टाचार भेटवार्ता भएको छ । सो भेटवार्ता दुई मुलुकबीचको वर्षौं पुरानो सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने विषयमा केन्द्रित भएको बताइएको छ । सो भेटवार्ता अघि राष्ट्रपति भण्डारीको सम्मानमा त्यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

कतारी अमिर अमिर अल थानीले भण्डारीको सम्मानमा मंगलबार दिवाभोजको आयोजना गर्नुभएको थियो भने सो जमघटमा नेपाली प्रतिनिधिमण्डल पनि सहभागी थियो । राष्ट्रपति भण्डारी चारदिने औपचारिक भ्रमणका लागि सोमबार कतार पुग्नुभएको छ ।