अवैध १ लाख अमेरिकी डलर सहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित चाइनिज नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक ( इर्सा) लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अबैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलर सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।