सोल्टीमोडबाट मनिष ‘कट्टु’ पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौंको सोल्टीमोडबाट खुंखार डाका ‘कट्टु’ भन्ने मनिष मानन्धरलाई पक्रिएको छ ।

२८ वर्षीय मानन्धरलाई काठमाडौको सोल्टीमोडबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मानन्धरलाई नौपटक मुद्दा चलाएको थियो । उनी सात बर्ष जेल बसेर निस्केका थिए । महानगरीय वृत्त कालिमाटीमा प्रहरीले उनलाई २०६३ र ०६५ सालमा डाकाअन्र्तगत मुद्धा दायर गरेपछि उनी फरार रहेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख वसन्त लामाले मानन्धर खुंखार अपराधी भएकाले प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो । उनलाई थप अनुसन्धानपछि मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।