सर्लाही: वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो


काठमाडौं । सर्लाहीको एक गाउँपालिका वडाध्यक्षमाथि कुटपिट गर्दा खुट्टा भाँचिएको छ । सर्लाही रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि स्थानीय चिनजानकै समुहले आक्रमण गरी कुटेको हो ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने देब्रे खुट्टा भाँचिएको छ । वडाध्यक्षको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

स्थानीय श्रीनारायण राय र धर्मेन्द्र साहको नेतृत्वमा आएको समुहले आक्रमण गरेको उनले बताए । सोमबार वडा कार्यालय जाँदा बाटोमा १५/२० जनाको समूहले आक्रमण गरेको महतोले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् ।

उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन । उनको साथबाट नगद, मोबाइल लुटिएको बताए ।