लायन एयरको बोइङ दुर्घटना: सम्पुर्ण १ सय ८९ व्यक्ति मरेको आशंका


जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाली एयरलाइनको १ सय ८९ व्यक्ति सवार एउटा यात्रुवाहक विमान सोमवार समुद«मा दुर्घटनाग्रस्त भएको छ । निकै सस्तो मुल्यमा हवाई सेवा उपलब्ध गाराउँदै आएको एयरलाइन लायन एयरको वोइँग ७३७ राजधानी जाकाताबाट उडेको केहि समयपछि समुद«मा खसेको सरकारी अधिकारीहरुले बताएका छन् ।

कलसाइन जेटि ६१० बोकेको सो विमान पश्चिमी शहर पान्गकाल पिनान्ग तर्फ उडेको थियो । उद्धारकर्मिहरुले केहि शव र शिशुका जुत्ताहरु लगायत केहि निजी प्रयोगका वस्तुहरु फेला पारेका छन् ।

यसमा सवार कुनै पनि व्यक्ति जिवित रहेको संकेत देखिएको छैन। गत अगष्ट देखि उडान थालेको यस विमान दुर्घटना हुनुको कुनै ठोस कारण स्पष्ट भइसकेको छैन । बोइँग ७३७ को विकसित स्वरुप बोइँग ७३७ म्याक्स ठूलो दुर्घटनामा परेको यो पहिलो घटना हो ।

इन्डोनेसियाली एयरलाइनको बोइँग ७३७ म्याक्स समुद«मा खस्यो

खोजि तथा उद्धार निकायका कार्य सम्पादन निर्देश्क बामबान्ग सुर्योले भनेका छन् , ‘ हामी विमानको मुख्य भग्नावशेष भेटाउनु नै छ । अहिले सम्म विमानका टुक्रटाक्री फेला परेको आधारमा भन्ने हो भने कोहि पनि व्यक्ति जिवीतै होला जस्तो लाग्दैन । सम्बन्धित परिवारहरुलाई अस्पतालमा गएर शवको सनाखत गर्न सरकारले अनुरोध गरेको छ ।

स्थानिय समय अनुसार सोमवार विमान ६ बजेर २० मिनेट जाँदा सो विमान जाकार्ताके विमानस्थलबाट उडेको थियो । एक घन्टापछि सो विमान पान्गकाल पिनान्गको देपाटी आमिर विमानस्थलमा अवतरण हुनुपथ्र्यो ।

तर उडेको १३ मिनेटपछि नै सो विमानको कन्ट्रोल रुमसंगको सम्पर्क विच्छेद हुन पुगेको थियो । केहि अधिकारीहरुले विमान चालककले विमानलाई जाकार्ताके सोएकार्नो –हात्ता विमानस्थलमा फर्काउनका लागि अनुरोध गरेको बताएका छन् । लायन एयरका प्रमुख कार्यकारिणी अधिकारी एडवर्ड स्ट्रेटले अघिल्लो राति उक्त विमानमा अज्ञात प्राविधिक समस्या देखिएको तर त्यो समस्याको समाधान गरिएको पत्रकारहरुलाई जानकारी दिएका छन् ।


स्डवर्डले भनेका छन् , ‘ एयरलाइनले ११ वटा बोइँग ७३७ म्याक्स ८ संचालन गरिरहेको छ । अन्यमा यसमा जस्तो त्यस्तो कुनै प्राविधिक समस्या देखनपरेकाले , ति विमानलाई ग्राउन्डिड गने हाम्रो योजना छैन । ’

इन्डोनेसियाको दैवी प्रकोप निकायका प्रमुख सुतोापो पुर्वो नुग्रोहोले समुद«मा तैरिरहेको अवस्थामा फेला परेका विमानका भग्नावशेष र यात्रुका निजी प्रयोगका वस्तुकहरुको तस्वीर ट्विट गरेका छन् ।

विमानमा सवार व्यक्तिहरुका आफन्तरहरु जाकार्ताको हालिम पर्दानाकुसुमा विमानस्थलको विपत्ति केन्द«मा उत्सुकताका साथ खवरको पखाईमा बसेका छन् । तिनीहरु सबै विलौना गरिरहेका देखिन्छन् । एउटा सेतो पाल भित्र रहेको डेस्कबाट लायन एयरका कर्मचारीहरुले ति आफन्तहरुको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

लायन एयरले एक विज्ञप्ति जारी गर्दै यस विमानका चालक र सह चालकको ११ हजार घन्टा भन्दा बढि उडान अनुभव रहेको जनाएके छ । अन्य तीनजना चालकदलका सदस्यमा दुईजना ट्रेनी फ्लाइट एटेन्डेन्ट र एकजना टेक्निसियन रहेका छन् ।

इन्डोनेसियाको अर्थ मन्त्रालयका बिसजना कर्मचारी पनि यसमा सवार रहेको वीवीसीले जनाएको छ । सन् १९९९ मा स्थापित लायन एयरले आन्तरिक लगायत दक्षिण पुर्वी एसिया , अष्ट्रेलिया र मध्यपुर्व सम्मको अन्तर्राष्ट्रिय उडान संचालन गर्दै आएको छ ।