श्रीलंकाको राजनितिक घटना उसको आन्तरिक मामिला हो: चीन


बेइजिङ (एजेन्सी)
दक्षिण एसियाली देश श्रीलंकामा जारी राजनितिक संकटलाई लिएर चीनले सोमबार त्यसलाई उसको आन्तरिक मामिला भएको र चीनको निति कुनै पनि देशको निजि मामिलामा हस्तक्षेप नगर्ने रहेको जनाएको छ । यद्यपी त्यहाँको स्थितिलाई भने नजिकबाट हेरिरहेको जनाएको छ ।

श्रीलंकाका सम्बन्धित राजनितिक दल वार्ता तथा विचार विमर्सको माध्यमबाट आफना मतभेद सल्झाउन सक्नेमा पनि वेइजिङ आशावादी रहेको बताइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गरी चीन समर्थक पुर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यहा राजनितिक संकट जारी छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लु कांगले श्रीलंकाको बर्तमान स्थितिमाथि नजिकबाट निगरानी भइरहेको बताए ।

राष्ट संघ महासचिवद्वारा चिन्ता ब्यक्त

चीन श्रीलंकाको महत्वपुर्ण सहयोगी हुन् र उसले त्यहाँ पर्याप्त लगानी गरेको छ । उनले भने– चीन र श्रीलंका छिमेकी मित्र हुन् । श्रीलंकाको बदलिँदो परिस्थितिमा निगरानी गरिरहेका छौं । चीन सँधै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्छ ।

गुटारेजद्वारा चिन्ता ब्यक्त

यसैबीच सुंयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटारेजले श्रीलंकामा गहिरिएको राजनितिक संकटमा चिन्ता ब्यक्त गर्दै देशको सरकारसँग लोकतान्त्रिक मुल्य, संवैधानिक प्रावधान तथा प्रक्रियाको सम्मान गर्न अपिल गरेका छन् ।
शुक्रबार मैत्रीपाला सिरिसेनाद्वारा बर्खास्त गरिएका प्रधानमन्त्री रानिल विक्रमसिंघेको कायम रहेको श्रीलंका संसदका सभामुखले बताएपछि राजनितिक संकट झन जटिल बनेको हो ।

गुटारेजले सरकारसँग सबै श्रीलंकाली जनताको सुरक्षा र अधिकार सुनिश्चित गर्न अपिल गरेको छ । राष्ट्रपति सिरिसेनाले शनिबार दुई हप्ताका लागि राष्ट्रिय संसद निलम्बन गरेका थिए । संसदका कयौं सदस्य तथा कयौं मन्त्रिले उक्त कदम असंवैधानिक भएको बताएका छन् ।

एकको मृत्यु
यसैबीच एक मन्त्रीका अंगरक्षकले प्रदर्शनकारीहरुमाथि गोली चलाउँदा एकको मृत्यु भएको छ । आइतबार एक भिडले बर्खास्त गरिएका एक क्याबिनेट मन्त्रीलाई उनको कार्यालय जान रोकेपछि उक्त घटना हुन पुगेको थियो ।

पुर्व क्रिकेटर तथा बर्खास्त गरिएको सरकारमा पेट्रोलियम मन्त्री रहेका अर्जुन रणतुंगाका अंगरक्षकले कोलोम्बोमा एक भिडमाथि गोली चलाएका थिए । रणतुंगा आफनो कार्यालय प्रवेश गर्ने प्रयास गरिरहँदा त्यहाँ उपस्थित प्रदर्शनकारीहरुले उनलाई रोक्ने प्रयास गरेको प्रहरीले बताए । सोही क्रममा उक्त घटना भएको प्रहरीले बताए ।

विक्रमसिंघेले आफनो बर्खास्तलाई स्विकार गरेको छैन । उनले संसदमा सदस्यहरुको समर्थन माग गरिरहेका छन् । उनका अनुसार संसदमा अहिले पनि उनलाई बहुमत प्राप्त छ ।