खालिदालाई सात बर्षको जेल सजायँ


ढाका (एजेन्सी)
बंगलादेशको राजधानी ढाका स्थित एक अदालतले बंगलादेश नेसनल पार्टी प्रमुख तथा पुर्व प्रधानमन्त्री खालिदा जिया र अन्य तीन जनालाई भ्रष्टाचारको एक मुद्दामा ७ बर्षको कैद सजायँ सुनाएको छ ।

खालिदा विरुद्ध ७ बर्ष अगाडी उक्त मुद्दा परेको थियो । सोमबार न्यायधिष अख्तरुजजामनले सजायँ सुनाएको हो । अदालतले १० लाख टाका जरिवाना पनि लगाएको छ । जरिवाना नतिरेको स्थितिमा थप ६ महिना जेल बस्नु पर्नेछ । गत फेब्रुअरीदेखि ७३ बर्षिया खालिदा जिया अर्को एक भ्रष्टाचार मामिलामा पाँच बर्षको सजायँ काटिरहेकी छिन् ।

भ्रष्टाचार निवारण कमिसनले सन् २०११ अगस्टमा तेजगांव प्रहरी स्टेसनमा जिया च्यारिटेबल ट्रस्टमा भएको भ्रष्टाचारलाई लिएर खालिदा विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

खालिदाले सत्ताको दुरुपयोग गरि अज्ञात स्रोतबाट आफनो ट्रस्टका लागि ३ लाख ७५ हजार अमेरिकी डलर लिएकी थिइन् । सन् २०१२ जनवरी १६ मा एसीसीले खालिदा विरुद्ध आरोप दर्ता गरेको थियो । यसको सुनुवाई सन् २०१३ मार्चबाट सुरु भएको थियो ।

हालै मात्र जियाले अदालतमा उनको हात र खुट्टा सुन्निएको बताएकी थिइन् । यस मुद्दामा जियाका राजनितिक मामिलाका पुर्व सचिव हारिस चौधरी, उनका पुर्व सहयोगी तथा बी आईडब्ल्युटीए (बंगलादेश इनल्यान्ड वाटर ट्रासपोर्ट अथोरिटी)का पुर्व कार्यवाहक निर्देशक जियाउल इस्लाम मुन्ना र ढाकाका पुर्व मेयर सादिक हुसैन खोकाका निजि सचिव मोनिरुल इस्लाम खानलाई पनि दोषी ठहर्याइएको छ ।

जियाको पार्टी बीएनपीले दुर्ब मामिला राजनितिक रुपमा प्रेरित रहेको जनाएको छ ।