रोल्पामा ६७ जना एचआईभी संक्रमित


नेपाल समाचारपत्र, रोल्पा
प्राणघातक रोग एच.आई.भि.रोकथामका लागि स्थानीय सरकारले प्रभावकारी कदम नचाल्दा रोल्पामा यसको जोखिम वढ्न सक्ने भन्दै जिल्लाबासी सशंकित देखिएका छन ।

विभिन्न कारणले घर छोडेर लामो समय वाहिर रहनेहरुमा यसको जोखिम वढि देखिने गरेको वताइएको छ । वेरोजगारीका कारण घर छोडेर वाहिर जाने तथा आन्तरिक र वाह्य आप्रवासीहरुमा यसको संक्रमण वढि देखिएकाले यस विषयले आफुहरुलाई गम्भिर वनाएको जिल्ला वासीहरुले वताएका छन । स्वास्थ्य शिक्षा र सूचनाको पहुँचमा नभएका समुदाय नै एच.आई.भीको जोखिममा रहेकाले स्थानीय सरकारले समयमै यसको रोकथामका लागि भूमिका खेल्नु पर्ने जिल्लावासीले सुझाव छ ।

समाजमा खुल्न नचाहाने एच.आई.भि. संक्रमितहरुवाट रोग सर्न सक्ने संभावना अधिकतम हुने भएकाले तिनिहरुको पहिचान गरि औषधिको पहँुचमा ल्याउनु पर्ने रोल्पा नगरपालिका ४ की महिला स्वास्थ्य स्वयमसेविका टिका आचार्यको भनाई छ । संक्रमितहरुलाई नियमति औषधि सेवन तथा परामर्श एवम नयाँ रोगीहरुको पहिचान गरि औषधीको पहुँचमा ल्याउन सके एच.आई.भी नियन्त्रणमा ठूलो भूमिका निर्वाह हुन सक्छ आचार्यले भनिन ।

हाल सम्म जिल्लामा ६७ जना एच.आई.भी संक्रमितहरुको पहिचान भई सकेको रोल्पा प्लसले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, विभिन्न स्वास्थ्य चौकी र गैर सरकारी निकायको पहलमा यी रोगी पहिचान भएको वताइएको छ । पहिचान भएका मध्ये हलसम्म १५ जनाको मृत्यु भईसकेको वताइएको छ । रोल्पा प्लसले दिएको जानकारी अनुसार जीवित संक्रमित मध्ये पुरुष र महिलाको संख्या वरावर रहेको छ । जीवित संक्रमित मध्ये २६ महिला र २६ पुरुष रहेका छन रोल्पा प्लसकी अध्यक्ष राधा विकले भनिन ।

संक्रमित वुवा आमाका कारण जिल्लामा ३ वालवालिका समेत एच.आई.भि.को संक्रमणमा रहेका छन । संक्रमित बालवालिकाको पोषण, शिक्षा र स्वास्थ्यमा विभिन्न निकायहरुले सहयोग गरिहेको वताइएको छ ।

संक्रमित मध्ये ३२ जनाले नियमित औषधी सेवन गरिरहेको रोल्पा प्लसले जानकारी दिएको छ । अन्य संक्रमित रोजगारीको शिलशिलामा जिल्ला वाहिर रहेकाले सोही स्थानवाट औषधि लिने गरेको वताईन्छ । रोजगारीको शिलसिलामा भारत लगायत अन्य देश गएकाहरु नै वढि मात्रामा एच.आई.भि संक्रमित देखिएको वताइएको छ ।

संक्रमितहरुलाई नियमित परामर्श दिने तथा नयाँ विरामी समेत पहिचान गर्ने काममा रोल्पा प्लसले महत्वपूण भूमिका खेलिरहेको छ अध्यक्ष राधा विकले भनिन । श्रोत साधनको अभावमा जिल्लाभर सेवा दिन नसकिएको वताउदै श्रोतले भ्याए सम्म सहयोग गरिरहेका छौ अध्यक्ष विकले भनिन । नियमित औषधी सेवन तथा परामर्श सेवाका लागि जिल्ला अस्पताल नजिक परामर्श केन्द्र स्थापना गरि एचआइभी संक्रमितहरुको सेवा गरिहेको रोल्पा प्लसले जनाएको छ ।

विगतमा जिल्लाका अधिकांश स्थानमा एचआईभी संवन्धि जनचेतनामुलक कार्यक्रम गरे पनि स्थानीय सरकार गठन पछि यसले प्रभावकारीता लिन नसकेको रोल्पा प्लसले जनाएको छ ।