१ सय १ वर्षकी वृद्धाले पाइन् नागरिकता


डोटी, (नेस)
डोटी जिल्लामा पहिलो पटक एक सय १ वर्षकी बृद्धा महिलाले नेपाली नागरीक्ता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको पुर्विचौकी गाँउपालिका ७ पोखरी घर भएकी जगुदेवि खड्काले जिल्ला प्रशासन कार्यालय डोटीबाट नेपाली नागरीक्ता प्राप्त गरेकी हुन् ।

विसं १९७४ साल असोज ५ गते जन्मनु भएकी खड्काका ४ छोरा २ छोरी मध्ये १ छोरी र ३ छोराको मृत्यु भईसकेको र माईला छोरा र १ छोरी मात्र जिवित रहेको उहाँका नाति तेजेन्द्रकुमार खड्काले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी नेपाली नागरिकता प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले हस्तान्तरण गर्नु भएको हो । जगुदेबी खड्काले जिल्ला प्रशासन कार्यालयमै आएर नागरीक्ता लिनु भएको हो ।