इण्डोनेसियामा भयानक बिमान दुर्घटना


जकार्ता(एजेन्सी ) । इन्डोनेसियामा सोमबार एउटा यात्रुबहाक बिमान दुर्घटनाग्रस्त हुदा त्यसमा सबार सबैको निधन भएको आशंका गरिएको छ ।

सोमबार सांझतिर केही शव समुन्द्रमा देखिएपछि उद्धारकर्ताहरुले शव शंकलन गरेका थिए । इण्डोनेसियाको लायन एयरको बोइङ ७३७ बिमान उडेको केही बेरमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८९ जना यात्रु रहेको त्यहांका सुरक्षा अधिकारीले जानकारी दिएका छन ।

लायन एयर बिमान समुन्द्रमा खस्यो, १८९ यात्रुको अवस्था अज्ञात

राजधानी जकार्ताबाट उडेको १३ मिनेटमा बिमानको राडारको सम्पर्क टुटेको थियो । जहाज समुद्रमा खसेको त्यहांको आपतकालिन केन्द्रले जनाएको छ । जाकर्ता नजिकै रहेको समुन्द्रमा खसेको उक्त जहाजबाट चुहिएको तेल समुन्द्रमाथि तैरिएको दृष्य देखिएको थियो ।

उडान नंम्वर जेटी–६१० को सो बिमान १७९ जना वयस्क, एक जना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सदस्य रहेको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएको छ । बिमान जाकर्ताबाट पाङकाल पिनाङ बिमानस्थलको लागि उडान भरेको थियो ।

खोज तथा उद्धार निकायका कार्यसम्पादन निर्देशक बामबान्ग सुर्योले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजीलाई तीव्र बनाइएको पनि जानकारी दिनुभयो । निर्देशक बामबान्गले राडारसंग बिमान सम्पर्क बिच्छेद भएपछि विमान चालककले विमानलाई जाकार्ताको सोएकार्नो –हात्ता विमानस्थलमा फर्काउने प्रयास गरेको तर बिमान बिमानस्थल पुग्नु अघि नै जाभा समुन्द्रमा खसेको बताइएको छ ।

विमानमा सवार व्यक्तिहरुका आफन्तरहरु जाकार्ताको हालिम पर्दानाकुसुमा विमानस्थलको विपत्ति केन्द«मा उत्सुकताका साथ खवरको पखाईमा बसेका छन् । उनीहरु सबै विलौना गरिरहेको देखिन्छन् ।
इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी पनि सो बिमानमा सवार रहेको वीवीसीले जनाएको छ ।

बिश्वमा बिमान दुर्घटना हुने देशको अग्रस्थानमा इण्डोनेसिया पनि रहेको छ । इण्डोनेसियामा यस अघि ठुला बिमान दुर्घटना भइसकेका छन ।
गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए । अगष्ट २०१५ मा भएको अर्को दुर्घटनामा बिमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको बिमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो । इन्डोनेसियामा सञ्चालनमा रहेको लायन एयर बजेट एयरलाइन्स हो ।