कपिलवस्तुमा भयानक दुर्घटना: १ जनकाे मृत्यू, १३ जनाको अवस्था गम्भीर


काठमाडाैं । पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलमा बस र टिपर ठोक्किएर सवारी दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङ गढवाका ४ वर्षीय शुसान्त सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक रवि रावलले जानकारी दिए । मृतक सुनारको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिपर ठोक्‍किएका हुन् ।