ललित सिंह, चैनपुर बझाङ्ग ।
बझाङ्ग उद्योग बाणिज्य कप २०७५ थलारा गाउँपालिकाले यस बर्षको पुरुष भलिबलको उपाधि हात पारेको छ ।
दशै र सिलदेबी मेलाको अबसरमा बझाङ्ग उद्योग बाणिज्यसंघ को आयोजनामा संञ्चालन भएको गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगीतामा थलारा गाउँपालिकाले प्रथम स्थानमा बिजयी भएको छ ।
जिल्लाका दुई वटा नगरपालिका र दश गाउँपालिका बिच भएको खुल्ला महिला पुरुष भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगीतामा १६वटा पुरुषको टिम सहभागी भएर खेल खेलेका थिए भने महिला खुल्ला भलिबल प्रतियो गितामा ८ वटा टिमले भागलिई खेल प्रदर्शन गरेको थियो ।
कात्तिक ६ गते देखि सुरु भएको गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता आज कात्तिक १२ गते सम्पन्न भएको छ । उक्त पुरुष भलिबल प्रतियोगितामा पहिलो स्थान का लागी केदारस्युँ गाउँपालिका लाई पराजयी गदै ,थलारा गाउँपालिकाले प्रथम स्थान हात पारेको छ ।
मस्टा गाउँपालिका लाई पराजयी गदै केदारस्युँ गाउँपालिकाले द्रोसो स्थान हात पार्न सफल भएको छ भने तृतीय स्तथान मस्टा गाउँपालिकाले हात पर्न सफल भएको छ ।
यसै गरी गाउँपालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा छबिसपाथिभेरा गाउँपालिकाल, जयपृथ्बी नगरपालिका लाई पराजयी गदै खुल्ला महिला भबिल प्रतियोगितामा छबिसपाथिभेरा गाउँपालिकाले महिला तर्फ प्रथम स्थान हात पारेको छ भने यसैगरी द्धितीय स्थानमा जयपृथ्बी नगरपालिकाले हात पारेको छ, तृतिय स्थान थलारा गाउँपालिकाले खुल्ला महिला भलिबल उपाधि हात पारेको छ ।
बझाङ्ग उद्योग बाणिज्य संघ खुल्ला भलिबल कपमा प्रथम पुरस्कार राशी खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले ,एक लाख एक हजार सहित ट्फि र प्रमाण पत्र र दोस्रो हुनेलाई एकहत्तर हजार सहित ट्फि र प्रमाण पत्र र तेसो्र हुनेलाई ४१ हजार सहित ट्फि र प्रमाण पत्त प्रदान गरीएको छ ।
यसै गरी खुल्ला महिला भलिबल प्रतियोगिता तर्फ
प्रथम हुनेलाई ४१ हजार सहित ट्फि प्रमाण पत्र ,दोस्रो हुनेलाई ३१ हजार सहित ट्फि प्रमाण पत्रर तेस्रो हुनेलाई २१ हजार सहित ट्फि प्रमाण पत्र प्रदान गरिएको छ । सो प्रतियोगीतामा ईमानदार र उत्कृष्ठ खेलाडीहरुलाई हौसला, सम्मान बरुप कदर पत्र प्रदान गरेको छ ।
उक्त भलिबल पतियोगीता सदरमुखकाम चैनपुरमै रहेको दुरसंञ्चार पछाडी पट्टीको ठुलो खेतमा संञ्चालन भएको थियो ।











प्रतिक्रिया