गौचन हत्याका मुख्य सुटर पक्राउ


काठमाडौं ।
निर्माण व्यवसायी शरदकुमार गौचनका हत्याका मुख्य सुटर एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले सुटर अम्बर बहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनीहरु समिर बस्नेतका सहयोगी हुन् । बस्नेत गत वर्ष मंसिरमै पक्राउ परिसकेका छन् ।
उनीहरुमध्ये बुढाथोकीले केही महिनाअघि गणेश लामालाई गोली हान्ने प्रयास गरेका थिए ।