फुटबल क्लब लिसेस्टर सिटीका प्रमुखसहित पाँच जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु


काठमाडौँ । फुटबल क्लब लिसेस्टर सिटीका प्रमुखसहित पाँच जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।  दुर्घटनामा लिसेस्टर सिटीका प्रमुख ६० वर्षीय भिचाई श्रीवद्धनप्रभा, उनका दुई कर्मचारी, एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको क्लबले पुष्टि गरेको छ । हेलिकोप्टर लिसेस्टर सिटीको स्टेडियम बाहिर शनिबार दुर्घटना भएको थियो ।

क्लबले एक शोक विज्ञप्ति निकालेर भिचाईको निधनले अपुरणीय क्षति पुगेको जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छैन । तर पाइलट स्वाफर निकै अनुभवी थिए । उनीसँग निजी जेट र पाइलटको रुपमा २० वर्षको अनुभव थियो ।