१७ वर्षपछि मलेसियासँग श्रम सम्झौता हुँदै


काठमाडौं,(नेस)
सरकारले मलेसियासँग सोमबार श्रम सम्झौता गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको एमओयुलाई स्वीकृत गरेको छ।

गत जेठ २ गतेबाट मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको सरकारले औपचारिक रुपमा मलेसिया श्रम समझदारी पत्रमा आज हस्ताक्षार गर्दैछ ।

सो सम्झौता भएसँगै मलेसियामा नेपाली कामदार जाने बाटो खुल्ने छ। एमओयुमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई दिने निर्णय भएको छ। आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच श्रम समझौता हुन लागेको हो ।

आइतबार ११ गते नै मन्त्रीस्तरीय उच्च टोली नेपाल आएको छ । मन्त्रलयका अनुसार औपचारिक रुपमा नेपाल र मलेसियाबीच पहिलोपटक श्रम समझौता हुन लागेको हो ।

यससँगै मलेसियाको रोजगारी नयाँ ढंगबाट अगाडि बढ्ने छ । नेपाल सरकार र मलेसियाबीच १७ वर्षपछि श्रमसम्बन्धी समझौता हुन लागेको हो ।

सम्झौतापछि नेपाली कामदार मलेसियामा शँन्य लागतमा जान मलेसिया रोजगारका लागि जान पाउने छन् । कामदारको लागत रोजगारदाता कम्पनीले नै व्यहोर्ने औपचारिक सहमति भने असोज १२ गते भएको थियो । नेपाल र मलेसियाबीच कामदार आपँर्ति गर्नै सम्वन्धमा विगतमा चरण चरणमा भएको वार्ता रोजदारदातालले नै सम्पँर्ण खर्च व्यहोर्ने सहमति भएसँगै दुई देशबीच सहमती जुटेको थियो । सम्झौतासँगै मलेसियामा नेपालीका लागि ५ महिनादेखि रोकिएको रोजगारी खुल्ला हुने छ ।